२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

मल पाइने भएपछि कृषक खुसी



वालिङ । रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।

लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ-८ की कृषक रन्नता बगालेले बताए ।

“रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो”, उनले भने, “सोमबारबाट मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।” धान रोपाइँ गर्ने तयारीमा रहनुभएका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डिएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिए ।

डिपोले यहाँ आएको मल सूचिकृत भएका डिलरहरुलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उनले बताए ।

कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । “धानका लागि करिब करिब पुग्ने गरी मल आएको छ”, उनले भने, “केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्दछु ।” स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : १४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री