२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

संसार देख्ने भइन बेल्किसरा



मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर १३ कि ६५ वर्षीया बेल्किसरा बोहरा निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् ।

रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना सुनैकै भरमा शिविरमा भर्ना भएकी बेल्किसरा मोतिया विन्दुको सफल उपचारपछि खुसी भएकी छन् । ‘आँखाको अपरेसन नि:शुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ,’ आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घाँरीपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा नि:शुल्क आँखा चेकजाँच गरिएको हो ।

तीन दिने निःशुल्क आँखा शिविरबाट ९१ जना आँखाका बिरामीको मोतियाबिन्दु गरिएको छ । जसमा ९०४ जना आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

आँखाको उपचारका लागि हजारौँ रकम खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै बोहराले अरुबेला उस्तै उपचार गर्नुपरे सुर्खेत, नेपालगन्ज, काठमाडौं जस्ता ठूला सहरमा जानु पर्थ्यो तर शिविरमा आँखाको उपचार सित्तैमा पाइदा खर्च पनि जोगिएको उनको भनाई छ । जोगिएको खर्चले आँखा लाई आवश्यक पर्ने पौष्टिक खाना, फलफूलहरू खाने सुनाइन् ।

स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत पुग्ने उपाध्यक्ष मल्लले बताए ।

बुधबार बाट सुरु भएको तीन दिने शिविरमा मोतीबिन्दु, मासु पलाएको रोगको निःशुल्क शल्यक्रियालगायत आँखा सम्बन्धी सम्पूर्ण उपचारहरू निःशुल्क प्रदान गरिएको हिमालय आँखा अस्पतालले जनाएको छ ।

 

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ३३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री