२० श्रावण २०८३, बुधबार | August 5, 2026

बुटवलको बिबीजी होटलमा माम्बा बार सञ्चालन 



बुटवल । बुटवलका ५ युवाहरुको लगानीमा एक होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । बुटवल-१० राजमार्ग चौराहमा रहेको  बिबीजी होटललाई नयाँ व्यवस्थापन गरि विभिन्न सुविधाहरु थप गरिएको सञ्चालक विशाल काउचाले जानकारी गराए ।

विगत ९ वर्षदेखि हङकङमा रहेर होटल क्षेत्रमा अनुभव सङ्गालेका काउँचाले लेपालमै बसेर केही गर्ने सोचकासाथ अन्य ४ जना साथीहरुसहीत नव व्यवसायीको रुपमा काम सुरु गरिएको बताए । सुविधा बिस्तार गर्दै होटलमा छुट्टै ‘माम्बा’ बार एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गेम बारको रुपमा रहेको उक्त बारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूदहरुको प्रत्यक्ष प्रसारणको मजा लिन सकिने बताइएको छ । यसैगरी समय-समयमा लाइभ म्युजिकको सेवा समेत उपलब्ध गराइने सञ्चालकहरुले बताएका छन् ।

शनिबार एक कार्यक्रमका बीच होटल व्यवसायी हानका केन्द्रीय सदस्य गोपाल रानाले बारको शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै उनले युवाहरु मिलेर पूँजि एकीकृत गरि व्यवसायिक सफलतासहित आर्थिक रुपमा सफल बन्न सकिने दाबी गरे ।  होटल तथा रेष्टुरेन्टका सेवालाई नयाँ शैली तथा ग्राहकको परिवर्तित चाहना अनुसारका सेवा प्रदान गर्नुका साथै मर्यादित बनाउन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे । पर्यटन व्यवसायका रुपमा रहेको होटल व्यवसायमा युवाहरुको आकर्षण हुनु सकारात्मक रहेको उनले बताए ।

९ वटा एसी रुमसहितको होटल १० वर्षका लागि भाडामा लिएर थप ७० लाख बढी लगानी गरि नयाँ व्यवस्थापन गरिएको सञ्चालक दिपेशगुरुङले बताए । सिद्धार्थ राजमार्ग तथा पूर्व(पश्चिम राजमार्गको मध्यभाग राजमार्ग चौराहमा रहेको यस होटलमा आरामदायी बासका साथै नेपाली, इन्डियन, चाइनिज लगायतका परिकारहरुको स्वाद लिन पाइने गुरुङले बताए ।

बुटवलका युवाहरु रेशम काउचा, बिकास काउचा तथा मानबहादुर पुनको समेत संयुक्त लगानीमा होटललाई नयाँ व्यवस्थापनसहित सञ्चालन गरिएको हो ।  होटलमा १५ जनाले प्रत्येक्ष रोजगार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ३९ बजे

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा