२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आउँदो वर्षबाट दुतावासबाटै मतदाता नामावली संकलन हुने



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् ।

काठमाडौंमा आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’

साथै उनले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए । थपलिया भन्छन्, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।’

अहिले काठमाडौंमा बस्ने मतदाताको नामावलीको दर्ता सुरुवात भएको छ। यो प्रक्रिया फेरि यस्तो छ जुनदिन मतदान अर्को निर्वाचनको घोषणा हुन्छ घोषणा भएको एक मिनेटमा रोक्नुपर्छ । अब हामी यो चाहिँ घोषणा गर्ने तयारीमा छौँ मलाइ लाग्छ मैले नेपाल सरकारसँग माग रोखेको छु। हामी निर्वाचन तयारीका लागि अलिकति समय दिन सक्छौँ । आठदस दिन दस पन्ध्र दिन निर्वाचनको घोषणा नगरियोस किनभने केही मतदाताहरु लाइनम लागेर हामी मतदाता नामावली दर्ता गर्ने काम सम्म गछौँ । यो मतदानमा सरिक गराउँछौ भनेर हामीले भनिराखेका छौँ,’ उनले भने।

‘साथै आउँदो आर्थिक वर्षबाट केही दुतावासहरुमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्टेसन सिस्टम प्रारम्भ गरेर मतदातानामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दै छ । तयारी दुतावासबाट प्रारम्भ हुन्छ,’ उनले भने

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ४३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री