९ चैत्र २०८२, सोमबार | March 23, 2026

बैतडीमा आजदेखि चार दिन बिजुली बन्द हुने



बैतडी । बैतडीमा चार दिनका लागि बिजुली सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार आज सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

‘नयाँ सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने लागेको हो । मर्मत तथा नयाँ सबस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ,’ उनले भने ।

सबस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सबस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको उनले बताए ।

सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत् सेवा अवरुद्ध हुनेछ । यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा पुनः सञ्चालन गर्न उपाय खोजिराखेको उनले बताए ।

‘सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर काम सुरु भएपछि मात्रै यो कुरा थाहा हुन्छ,’ उनले भने । बिजुली सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : १६ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी