७ पुस २०८२, सोमबार | December 22, 2025

मुलुककाे समृद्धिका लागि उत्पादनमा जाेड दिन जरूरी :- सांसद विश्वकर्मा



बुटवल । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।

बुटवलमा गोल्डेन नेपाल मार्केटिङ प्रालिकाे उद्घाटन तथा सम्मान कार्यक्रममा उनले अरु देशबाट सामान मगाई बेचेर मात्र मुलुक समृद्ध बन्न नसक्ने भएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्छ । सबै कुरामा प्रतिसष्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनाैट गरेर प्रतिष्पर्धी बनाउनुपर्ने उनले बताए । पुर्व मन्त्रीसमेत रहेका विश्वकर्माले अन्य विभिन्न क्षेत्र छनाैट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिष्पर्धी बनाउनुपर्नेमा उनले जोड दिए । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव पनि रहेको बताउँदै उनले सफल हुनका लागि नयाँ काम हाेइन कामलाई नयाँ ढंगबाट गर्नुपर्ने बताए ।

डाइरेक्ट सेलिङ ( प्रत्यक्ष बिक्री ) नराम्राे नभएकाे तर बिगतका दिनले बुझाइमा गलत बनाएकाे बताए । आफू मन्त्री हुँदा संघिय संसदबाट कार्यविधि नै बनाएर पारित गरेकाले अब भने यस किसिमकाे व्यवसायमा व्यवसायमा ढुक्क भएर लाग्न पूर्व मन्त्रीसमेत रहेका उनले आग्रह गरेका छन् । गाेल्डेन नेपाल मार्केटिङ प्रालि इजाजत प्राप्त कम्पनी भएकाले यसले गुणस्तर , बजार , मूल्य र परिमाणलाई निरन्तरता दिन जरूरी रहेकाे बताएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भोज प्रशाद श्रेष्ठले मुलुकलाई साँच्चै समृद्ध बनाउने हो भने अब व्यवसायीले व्यापारसँगै उद्योग सञ्चालनको दिशामा पनि सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले स्वदेशी उत्पादनमा जोड दिन सके वैदेशिक रोजगारीको निर्भरता कम हुने बताएका छन । साथै उनले समाज परिवर्तनका लागि आर्थिक परिवर्तन हुनुपर्नेमा जोड दिदै अब हरेक गृहिणीलाई उत्पादनमा जाेड्नुपर्ने बताए ।

चन्द्र महतकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर राजेश थैवले कम्पनीको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा अध्यक्ष मिलन थापाकाे अध्यक्षता रहेकाे थियाे ।

कार्यक्रममा गाेल्डेन नेपाल मार्केटिङ प्रालिमा सकृयतापूर्वक काम गर्नेहरूलाई विभिन्न विधामा सम्मान गरिएकाे थियाे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : १९ बजे

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा