२९ भदौ २०८३, सोमबार | September 14, 2026

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले स्टीम सेन्टरमा छुट पाउने



काठमाडौ ।आइएमई जनरल इन्स्योरेन्स र स्टीम सेन्टर (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र स्टीम सेन्टरका अध्यक्ष डा.बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्टीम सेन्टर बत्तीसपुतली, काठमाडौमा प्राप्त हुने सेवाहरु जस्तैः M Pathology Test, Radiology Test, Pharmacy, Dental, Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ ।

सोही अवसरमा स्टीम सेन्टरबाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी त्यसै गरी Radiology को ८१ भन्दा बढी Dental को ३७ भन्दा बढी Test लगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टीम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : १० बजे

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त