२४ बैशाख २०८१, सोमबार | May 6, 2024

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेस महामन्त्रीद्वयद्वारा आयोगको ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसले अव हुने निर्वाचनमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

मंगलबार कागं्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै उनीहरुलाई मतदानबाट बञ्चित गर्न नहुने बताए । यस बिषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरे । विदेशमा लाखौँ नेपाली रहेको र उनीहरुले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारकबाट बञ्चित गर्न नहुने उनले बताए ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौंमा पनि मतदाता नामावली संकलनलाई व्यस्थीत गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए । मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले बताए ।

थापाले तत्कालै काठमाडौंको मतदाता नामावली संकलनलाई व्यवस्थीत गर्ने प्रतिवद्धता आयोगले जनाएको बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ०४ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच