४ आश्विन २०८३, आइतबार | September 20, 2026

भोलिदेखि नियमित र आकस्मिक हवाई सेवा ठप्प पार्ने वायुसेवा संचालक संघको चेतावनी



काठमाडौं । भोलि बुधबारदेखि नियमित रुपमा संचालन हुँदै आएका निजी क्षेत्रका जहाज र हेलिकप्टर सेवा बन्द हुनेभएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आफ्ना पाँच बुँदे माग पुरा नगरेको भन्दै हेलिकोप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले बुधबारदेखि आकस्मिक तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको हो ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सबै शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ । यस्तै रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज नराख्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका माग पुरा हुनुपर्नेमाग संघको रहेको छ ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ०४ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल