१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भैरहवाको बाल सुधार केन्द्रमा झडप, रुपन्देही प्रहरी प्रवक्तामाथि रड प्रहार



बुटवल । भैरहवा स्थित बालसुधार केन्द्रमा राखिएका बाल कैदीहरुले रुपन्देही प्रहरीमाथि आक्रमण गर्दा रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल घाइते भएका छन् । सुधारकेन्द्रभित्र भएको झगडा मिलाउन पुगेका डीएसपी पौडेलमाथि सुधार केन्द्रमा राखिएका बाल कैदीले रड प्रहार गरि घाइते बनाएका हुन् ।

सुधारकेन्द्रमा दिनहुँ भैझगडा भएको उजुरीका आधारमा उनीहरू मध्य केहीलाई सुधारकेन्द्रबाट अन्यत्र लैजानका लागि डीएसपीको नेतृत्वमा टोलि पुगे लगत्तै बालसुधार केन्द्रमा रहेका बालकैदीहरुले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरी पुगे लगत्तै सुधारकेन्द्र भित्रबाट ताला लगाएर उनीहरुले नाराबाजी सुरु गरेका थिए । सुधारकेन्द्रभित्र गैरकानुनी काम भएको सुचनाका आधारमा सर्च गर्न जाँदा झडप भएको रुपन्देही प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले बताए । झडप नियन्त्रण गर्ने क्रममा २ सेल टियर ग्याँस प्रहार भएको उनले बताए । केन्द्र भित्रबाट गैरकानुनीरुपमा गाँजा, मोबाईल, फलामका रड भेटिएको पनि उनले बताए । सुधारगृहमा प्रहरीको सर्च जारी छ ।

झगडा मिलाएर केही बाल बन्दीहरुलाई अन्यत्र सार्न पुगेका डीएसपी पौडेल माथि सुधार केन्द्र भित्र प्रवेश गरे लगत्तै फलामको रडले टाउकोमा प्रहार गरेको बताइएको छ । सधारकेन्द्रमा रहेकाहरुले प्रहरी बिरुद्ध चर्को नाराबजी गरिरहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ३६ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।