५ चैत्र २०८२, बिहिबार | March 19, 2026

वायुसेवा कम्पनीलाई क्यानको चेतावनी – हवाई उड्डयन क्षेत्रमा हड्ताल गर्न पाईंदैन, धाक धम्की नदेऊ



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उड्डयन क्षेत्रमा हड्ताल र निषेध गर्न नपाईने स्पष्ट पारेको छ ।

वायुसेवा कम्पनीहरुले भोलिदेखि हवाई उड्डयन ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएलगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरेर वायुसेवा कम्पनीहरुलाई धाक धम्की नदिन चेतावनी दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षाका लागि तय गरिएका सबै मापदण्ड पालना गर्न वायुसेवा कम्पनीहरुलाई पुनः निर्देशन समेत दिएको छ । ‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने ।

प्राधिकरणले जहाज र हेलिकोप्टरको रात्रीकालीन विश्रामका लागि काठमाडौं बाहिरका विमानस्थलहरु तोकेपछि वायु सेवा कम्पनीहरु आक्रोशित भएका थिए । तर, प्राधिकरणले भने यो कुनै कम्पनीलाई मात्र लक्षित गरेर नल्याएको भन्दै सबैका लागि कार्यान्वयन हुने बताएको छ ।

सम्बन्धित समाचार : भोलिदेखि नियमित र आकस्मिक हवाई सेवा ठप्प पार्ने वायुसेवा संचालक संघको चेतावनी

पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङको निकै समस्या रहेको जिकिर गर्दै विमानस्थललाई रत्नपार्क जस्तो बनाउन नसकिने जिकिर गरे । अधिकारीले भने, ‘ट्याम्पु जसरी पार्किङ गर्न त्रिभुवन विमानस्थल रत्नपार्क होइन। यो स्ट्यान्डर्ड एयरपोर्ट हो।’

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ५७ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई