२२ मंसिर २०८२, सोमबार | December 8, 2025

वायुसेवा कम्पनीलाई क्यानको चेतावनी – हवाई उड्डयन क्षेत्रमा हड्ताल गर्न पाईंदैन, धाक धम्की नदेऊ



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उड्डयन क्षेत्रमा हड्ताल र निषेध गर्न नपाईने स्पष्ट पारेको छ ।

वायुसेवा कम्पनीहरुले भोलिदेखि हवाई उड्डयन ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएलगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरेर वायुसेवा कम्पनीहरुलाई धाक धम्की नदिन चेतावनी दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षाका लागि तय गरिएका सबै मापदण्ड पालना गर्न वायुसेवा कम्पनीहरुलाई पुनः निर्देशन समेत दिएको छ । ‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने ।

प्राधिकरणले जहाज र हेलिकोप्टरको रात्रीकालीन विश्रामका लागि काठमाडौं बाहिरका विमानस्थलहरु तोकेपछि वायु सेवा कम्पनीहरु आक्रोशित भएका थिए । तर, प्राधिकरणले भने यो कुनै कम्पनीलाई मात्र लक्षित गरेर नल्याएको भन्दै सबैका लागि कार्यान्वयन हुने बताएको छ ।

सम्बन्धित समाचार : भोलिदेखि नियमित र आकस्मिक हवाई सेवा ठप्प पार्ने वायुसेवा संचालक संघको चेतावनी

पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङको निकै समस्या रहेको जिकिर गर्दै विमानस्थललाई रत्नपार्क जस्तो बनाउन नसकिने जिकिर गरे । अधिकारीले भने, ‘ट्याम्पु जसरी पार्किङ गर्न त्रिभुवन विमानस्थल रत्नपार्क होइन। यो स्ट्यान्डर्ड एयरपोर्ट हो।’

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ५७ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी