१ पुस २०८२, मंगलबार | December 16, 2025

गणतन्त्र बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि : मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवस जनताको ऐतिहासिक बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट विसं २०६५ जेठ १५ गते आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणाको गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनको सम्झनामा सधैँका वर्षझैँ यो वर्ष व्यापक हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाउन सक्ने अवस्था नरहेको कुरा व्यक्त गर्दै यस वर्ष भौतिक दूरी कायम राखेर सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दिपावलीलगायतका कार्यक्रम गर्न उहाँले सन्देशमा आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो “विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधन स्रोत तथा संयन्त्रको परिचालनसहित कोभिड– १९ले सिर्जना गरेको सङ्कटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको छ । मानव जीवनमा आउने हरेक समस्याको समाधान अवश्यम्भावी भएकाले सो सङ्कटको समाधान हुने विश्वास दिलाउँदै अहिलेको परिस्थितिबाट निरास नहुन तथा धैर्य गर्न आग्रह गर्दछु ।”

सम्भावित जोखिम रोकथाम गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग हुने अपेक्षा रहेको तथा सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्नुहुन उहाँले सन्देशमा सबैलाई अनुरोध गर्नुभएको छ ।

उहाँले सन्देशमा बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सबैखाले बाधा, अवरोध र चुनौतीको सामना गर्दै प्रदेश सरकार लागिरहने जानकारी दिनुभयो । राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियानको सफलता प्राप्ति तथा सामाजिक न्यायसहितको समाजवादी राज्य व्यवस्था स्थापना गर्न समग्र नेपालीमा प्रेरणा पैदा हुने विश्वास उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १२ : २८ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि