१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

बुटवल कालिका क्याम्पसलाई प्रदेश सरकारले दियो नयाँ बस



बुटवल । बुटवल कालिका क्याम्पसलाई लुम्बिनी प्रदेश सरकारले स्कुल बस हस्तान्तरण गरेको छ । बुधबार एक समारोह लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्घिन खानले क्याम्पस ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजु, क्याम्पसका प्रमुख घनश्याम पाठकलाई चाबि हस्तान्तरण गरेका हुन ।

कुल २९ लाख ५० हजार रुपैया लगानीको ४१ सिटको नया बस कलेजलाई हस्तान्तरण गरिएको हो । लागत साझेदारीका आधारमा मन्त्रालयले २५ लाख रुपैया र बाकी रकम क्याम्पसले ब्यर्होने क्याम्पस प्रमुख घनश्याम पाठकले बताए ।

मन्त्रालयबाट सहयोग हुदा बस संचालन गर्न सहजता मिलेको उनले बताए । मन्त्रालयबाट यो आर्थिक वर्ष कलेजको स्तरोन्नतिका लागि यातायातसहित खेलकुद पुर्वाधारमा २० लाख सहयोग भएको उनले बताए । उत्कृष्ट कलेजका रुपमा १ वर्षभित्र क्युएए प्राप्त गर्ने रुपमा पुर्वाधार र शैक्षिक विकासमा आफू लागेको उनले बताए । विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका साथै रोजगार दिने गरि दक्ष युवाहरु उत्पादन गर्दै आएको उनले बताए ।

कार्यक्रममा मन्त्री बसिउद्घिन खानले देशकै नमुना कालिका विद्यालयको भौतिक विकासमा आफुले थोरैमात्र सहयोग गरेको बताए । ब्यक्तिगत स्वार्थभन्दा माथि रहेर विद्यालयको विकासमा प्राचार्य पाठकबाट ठूलो योगदान भएको भन्दै उनले सबैको साथ र सहयोगबाट लुम्बिनी प्रदेशको गरिमा बढाउन सफल भएको बताए । प्रदेश सरकार निरन्तर शिक्षाको विकासमा लाग्ने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष होम बहादुर गलामी, कलेजका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, सदस्य यमुना काउचा, कालिका मानव ज्ञान माबिका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका खेलकुद प्रशिक्षक हरिस वली, कलेजका संयोजक बुद्धि चौधरीले विद्यालयमा धेरै चाप रहेको भन्दै यसलाई थेग्ने गरि पुर्वाधार विकासमा आफुहरु लागेको बताए ।

समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजुले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग शिक्षा, स्वस्थ्य, खेदकुदको विकासमा योगदान दिने संघसंस्थाहरुलाई प्रोत्साहन मिल्ने उनले बताए ।

कलेजमा हाल ५५ जना प्रोफेसरसहित कलेजमा ६४ जना कर्मचारी शिक्षकहरु छन । विद्यालयमा बिसिए, विविए, बिएड गरि ३ विद्यामा २ हजार १ सय विद्यार्थीहरु अध्ययरत छन ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ३३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा