१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

न्यायाधीश–वकिल घुस डिल छानबिन गर्न तीन सदस्यीय समिति गठन



काठमाडौं । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

न्यायाधीश र कानुन व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषदको आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ३० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा