९ चैत्र २०८२, सोमबार | March 23, 2026

खै त विद्यार्थीको हातमा पुस्तक ?



काठमाडौं । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ ।

प्रत्येक वर्ष यही समस्या-पाठ्यपुस्तक अभाव । सरकारी ढिलासुस्ती यतिसम्म बढेको छ कि नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दासमेत विद्यार्थीका हातमा पाठ्यपुस्तक हुन्न ।

अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै अध्ययन गरिरहेका छन् । पुस्तक नहुँदा उनीहरूका पठनपाठन प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने हो । तर, महिना बित्दासमेत उनीहरू अभाव झेल्न बाध्य छन् ।
छपाइ जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको दाबी गरेको छ । १५ असारसम्म त सबै ठाउँ पुस्तक पुगिसक्ने जनाउने केन्द्र दैनिक एक लाख छपाइ भइरहेको दाबी गर्छ ।

कतै पूरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि ‘पूरा’ छैन । कर्णाली तथा यातायात विकट मानिएका पहाडीमात्र नभएर काठमाडौं उपत्यकासँग जोडिएका जिल्लामा समेत पाठ्यपुस्तक पुग्न सकेको छैन ।

किन पुगेन पाठ्यपुस्तक ?

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्य ‘रुस–युक्रेन युद्धका कारण कागज समयमै आउन नसकेको’ औंल्याउँदै ‘स्थानीय तह निर्वाचनको मतपत्र छपाईका कारण पाठ्यपुस्तक ढिलाई भएको’ प्रस्टोक्ति दिन्छन् ।

केन्द्रका अनुसार रुस-युक्रेन युद्धका कारण ‘सप्लायर्सले समयमै कागज ल्याउन नसकेको र मतपत्र छपाईलाई प्राथमिकता दिनुपर्दा पाठ्यपुस्तकको काम नसकिएको’ हो ।

हुन त, विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या चालू आर्थिक वर्षमात्र हैन, विगतबाटै यस्ता समस्या दोहोरिरहेका छन् । सरकारले भने विभिन्न बहानामा पन्छिने गर्छ ।

कति छापिन्छ ?

केन्द्रका सूचना अधिकारी आचार्य गत वर्ष १ करोड ६५ लाख पुस्तक छपाईपछि बिक्री–वितरण भएको सुनाउँछन् । ‘यो वर्ष झण्डै दुई करोड पाठ्यपुस्तक छाप्न लागेका छौं,’ उनी भन्छन् ।

विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्मका सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जिम्मेवारी लिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ३६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा