२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेपाल महिला टी-२० एसिया कपमा छनोट हुन असफल



काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ ।

यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो ।

यसअघि युवा बल अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि युएई कमजोर बनेको थियो । युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले तीन ओभर पाँच बलमा १० रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले चार ओभरमा तीन तथा सीता राना मगरले पनि चार ओभरमा दुई विकेट लिइन् ।

८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घन्टा ढिलो सुरु भएको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ । यद्यपि नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ३९ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८