१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बागमती प्रदेशसभा बैठक बस्दै



हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : २८ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।