२१ आश्विन २०८३, बुधबार | October 7, 2026

शिक्षा क्षेत्रको विकासका लागि सञ्चार माध्यमको भुमिका दरिलो हुनुपर्नेमा जोड



बुटवल । शिक्षा क्षेत्रको विकासका लागि सञ्चार माध्यमको भुमिका दरिलो हुनुपर्ने कुरामा जोड दिइएको  छ ।
बुटवलमा आयोजना भएको ‘पत्रकारको दृष्टिमा शैक्षिक विकास र मुद्धा ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बाम देव क्षेत्रीले शिक्षा क्षेत्रको विकासका लागि त्यहाँ भित्र रहेका राम्र कुराको उजागर गर्ने र नराम्रा कुराको पनि थप उजार गरी सच्चिने वातावरण  निर्माण गर्नको लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताएका हुन ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लुम्बिनी प्रदेशको आयोजना र शिक्षा पत्रकार समुहको आयोजनामा भएको ‘शैक्षिक विकार र मुद्धा’ विषयक अन्र्तरक्रियामा बोल्दै उपाध्यक्ष क्षेत्रीले प्रदेश सरकारले प्रदेश विश्व विद्यालयको अवधारणा  सहित अगाडी बढेको बताउँदै यसले सार्थकता पाउने बताए । उनले आगामी बजेटमा विज्ञान विषय अध्यनरत छात्राहरुको लागि छात्रावृत्ति समेत प्रदान गर्ने गरेको  जानकारी दिदै प्रदेशसरकारले माध्यमिक तह सम्मको शिक्षाका लागि  अधिकतम सुधारका कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा शिक्षा विज्ञान तथा युवा खेलकुद मन्त्रालय बुटवलका अधिकृत  लक्ष्मण ज्ञवालीले मन्त्रालयले आगामी  आर्थिक बर्षमा ल्याएको कार्यक्रम बजेट बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै प्रदेश सरकारको नमुना विद्यालयको रुपमा घोषणा भएको कान्ती माविका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयले गरेको नमुना अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने शिक्षा पत्रकार समुहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षाको विषय, पत्रकारिताको अभ्यास, विषय र उठानको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : २० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ

उपसभापतिका उम्मेदवार देवराज चालिसेले पनि लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान