काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् । उनी आइतबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली उडेका हुन् ।
प्रधानमन्त्रीलाई विदाई गर्न कार्यबाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (ास्वपा)का प्रवक्ता जगदिन खरेल विमान स्थल पुगेका थिए ।
नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री बालेन सिधै विमान पुगेका थिए । विगतमा जुनसुकै प्रधानमन्त्री विदेश जाँदा त्रिभुवन विमानस्थलमा सैनिक परेड र विशेष समारोह हुने गरेको भएपनि यसपटक त्यो परम्परा तोडिएको छ । प्रधानमन्त्री शाहले त्यो औपचारिक बिदाइ गर्ने अभ्यास तोडेका छन्।
लामो समयदेखि चल्दै आएको त्यो परम्परा भत्काएर उनी सरल शैलीमा भारत तर्फ उडेका छन्। प्रधानमन्त्री र राष्ट्रपति विदेश जाँदा मन्त्री, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य विशिष्ट व्यक्तिहरू विमानस्थल पुग्ने गरेका थिए। कतिपय भ्रमणमा नेपाली सेनाको सम्मान गारत र अन्य औपचारिक कार्यक्रमसमेत धुमधामसँग हुने गरेका थिए।
प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति दौपदी मुर्मी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार साँझ स्वदेश फर्किने छन् ।



















प्रतिक्रिया