२४ बैशाख २०८१, सोमबार | May 6, 2024

हेटौंडामा अनलाइन जुवा खेलाउने ११ जना पक्राउ



हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ का मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, २५ बर्षका अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ११० थान मोइबाल, ५ थान कम्प्यूटर डेस्कटप, ३ थान ल्यापटप, ४ थान ल्यापटप र एकलाख ४५ हजार ७५ हजार नगद समेत बरामद् गरेको छ ।

हेटौंडाको कमलडाँडास्थित रुक्मिणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिएर सञ्चालन भएको सूर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजीत हुने गरी अवैध रुपमा अनलाइन जुवा खेलेको खेलाएको पाइएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत कारबाही हुने कार्कीले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ३० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,