२८ कार्तिक २०८३, शनिबार | November 14, 2026

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा



काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले विराटनगरविरुद्ध ४ विकेटको जित निकालेको छ । आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५/४५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले ।

उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे ।

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ ।

विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ९ : १२ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले