५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लुम्बिनी प्रदेशमा बीउमा मल नहाली रोपाई सुरु (फोटो फिचर)



बुटवल । सरकारले समयमा मल दिन नसक्दा लुम्बिनी प्रदेशका अधिकाँस स्थानहरुमा बिना मल नै धान रोपाई शुरु भएको छ । सिंचाईका सुबिधा भएका जिल्लाहरुमा असार १५ मा धान रोप्ने क्रम शुरु भएपनि यसवर्ष मनसुन ढिलागरि सक्रिय भएकाले बाँके लगायतका जिल्लाहरुमा धान रोप्ने असार १५ मा किसानहरुले बिउ हाल्ने काम मात्र गर्न सकेका छन् ।

लुम्बिनी प्रदेशमा असार १४ गते सम्ममा झण्डै ३२.७१ प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई सम्पन्न भइसकेकोमा अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो ।

मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ ।

प्रदेशमा सबै भन्दा बढी नवलपरासीमा धान रोपाई सकिएको छ । जिल्लाको २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएर ७५ प्रतिशत बढी रोपाई भएको छ भने बाँकेमा सबै भन्दा कम रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये १ हजार ८ सय हेक्टर क्षेत्रफल झण्डै ५ प्रतिशत मात्र रोपाई सकिएको छ । बाँकेमा अघिल्लो वर्ष असार १४ सम्म ४५ प्रतिशत रोपाई सकिएको थियो । गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने कृषि ज्ञान केन्द्रले प्रक्षेपण गरेको छ ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुनेगरेको छ । जिल्लाका अधिकांश किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गर्ने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रुकुम पूर्वमा हुने गर्दछ । यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको मन्त्रालयले जानकारी दिएको छ । बाँकी अन्य जिल्लाहरुमा पनि अघिल्लो वर्षको तुलनामा ढिलागरि रोपाई सुरु भएको छ । मनसुन सक्रिय हुनेक्रम नै ढिला भएपछि रोपाईमा ढिलाई भएको हो । सरकारले समयमा मल दिन नसकेपछि मल नहाली किसानहरुले बिउ तयार गरेका छन् ।

तराईका किसानहरुले चोरी पैठारी गरि भारतीय बजारबाट मल ल्याएपनि पहाडी जिल्लाहरुमा भने मलको प्रयोग बिना नै रोपाई शुरु भएको हो । मल दिन नसकेपनि प्रदेश र स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु तामझामका साथ धान दिवस मनाउन खेतबारीमा पुगेका छन् । भर्खर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुलाई धान दिवस बनाउन जान भ्याइनभ्याई भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं