८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशमा बीउमा मल नहाली रोपाई सुरु (फोटो फिचर)



बुटवल । सरकारले समयमा मल दिन नसक्दा लुम्बिनी प्रदेशका अधिकाँस स्थानहरुमा बिना मल नै धान रोपाई शुरु भएको छ । सिंचाईका सुबिधा भएका जिल्लाहरुमा असार १५ मा धान रोप्ने क्रम शुरु भएपनि यसवर्ष मनसुन ढिलागरि सक्रिय भएकाले बाँके लगायतका जिल्लाहरुमा धान रोप्ने असार १५ मा किसानहरुले बिउ हाल्ने काम मात्र गर्न सकेका छन् ।

लुम्बिनी प्रदेशमा असार १४ गते सम्ममा झण्डै ३२.७१ प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई सम्पन्न भइसकेकोमा अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो ।

मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ ।

प्रदेशमा सबै भन्दा बढी नवलपरासीमा धान रोपाई सकिएको छ । जिल्लाको २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएर ७५ प्रतिशत बढी रोपाई भएको छ भने बाँकेमा सबै भन्दा कम रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये १ हजार ८ सय हेक्टर क्षेत्रफल झण्डै ५ प्रतिशत मात्र रोपाई सकिएको छ । बाँकेमा अघिल्लो वर्ष असार १४ सम्म ४५ प्रतिशत रोपाई सकिएको थियो । गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने कृषि ज्ञान केन्द्रले प्रक्षेपण गरेको छ ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुनेगरेको छ । जिल्लाका अधिकांश किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गर्ने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रुकुम पूर्वमा हुने गर्दछ । यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको मन्त्रालयले जानकारी दिएको छ । बाँकी अन्य जिल्लाहरुमा पनि अघिल्लो वर्षको तुलनामा ढिलागरि रोपाई सुरु भएको छ । मनसुन सक्रिय हुनेक्रम नै ढिला भएपछि रोपाईमा ढिलाई भएको हो । सरकारले समयमा मल दिन नसकेपछि मल नहाली किसानहरुले बिउ तयार गरेका छन् ।

तराईका किसानहरुले चोरी पैठारी गरि भारतीय बजारबाट मल ल्याएपनि पहाडी जिल्लाहरुमा भने मलको प्रयोग बिना नै रोपाई शुरु भएको हो । मल दिन नसकेपनि प्रदेश र स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु तामझामका साथ धान दिवस मनाउन खेतबारीमा पुगेका छन् । भर्खर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुलाई धान दिवस बनाउन जान भ्याइनभ्याई भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ५५ बजे

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले