२९ चैत्र २०८२, आइतबार | April 12, 2026

‘टेस्ट राइड’को बाहनामा नाटकियरुपमा मोटरसाइकल चोरी, चोर्ने व्यक्ति २ दिनपछि पक्राउ



बुटवल । मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’का नाममा फरार भएका एकजनालाई सालझण्डी प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको स्रनामैना रामापुरबाट मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना नगरपालिका वडा नं ८ का १८ वर्षिय किशोरलाई फरार भएको २ दिन पछि पक्राउ गरेको हो । ती किशोरलाई कञ्चन गाँउपालिकाको रातडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक किनारमा रोकिएको मोटरसाइकल मन परेको भन्दै किन्न तयार भएका ती किशोरले मुल्य तय गरि टेस्ट राइड गर्ने भन्दै निस्केर फरार भएका थिए । रोल्पाबाट बुटवल आउँदै गरेका रोल्पा त्रिवेणी गाँउपालिका ७ का दिलबहादुर बिकले सैनामैना रामापुरमा मोटरसाइकल रोकेर चिया पिउँदै गर्दा बाईक मन परेको भन्दै नाटकियरुपमा ती किशोर बाईक किन्न पुगेको र बाईक लिएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस्तो थियो घटना :
बिदेश जानुपर्ने भएको र पैसा कमभएको कारणले मिति २०७९/०३/१० गते जिल्ला रोल्पा त्रिवेणी गा.पा-०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि।क ले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं को भिआर मोटरसाइकलको फोटो रु.१ लाख मुल्यसहित राख्छन् । त्यसको केहि दिनमा उनि पासपोर्ट सम्बन्धी कामको लागि काठमाडौँ जाने तरखरमा हुन्छन् ।

मिति २०७९/०३/१३ गते बा ५१ प ७४४३ नंम्बरको भिआर मोटरसाईकलको धनि दिल बहादुर बिक काठमाडौँ जानको लागि दाङबाट बिहान हिडेकोमा बिहान अन्दाजी १०:३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ रामापुर स्थित महेन्द्र राजमार्ग सडक छेउमा मोटरसाईकल रोकि पसलमा चिया पिईरहेका हुन्छन् । यत्तिकैमा उनको भेट एक अपरिचित र स्थानियजस्तो देखिने युवकसँग हुन्छ ।

भर्खर भेटिएका उनै दिलबहादुरको छेउमा आई अहो कस्तो राम्रो मोटरसाईकल तपाँईको मलाई त खुब मन पर्यो भनि छेउमै राखेको मोटरसाईकल मुसार्न थाल्छन् । त्यसपछि उनै अपरिचित युवकले आफूलाई मोटरसाईकल एकदम मन परेको र किन्ने भनेपछि दिलबहादुरले पहिले १ लाख भनि फेसबुकमा बेच्न राखेको मोटरसाईकलको मुल्य ९० हजार बताउँछन् । त्यसपछि उनै युवाले खै किन्नुभन्दा पहिले एकपटक कन्डिसन पनि त चेक गर्नुपर्यो नत्र त त्यत्रो ९० हजार हालेर बित्तैमा फसिएला नि भनेर मोटरसाईकलको चाबि माग्छन् र स्टार्ट गरि टेस्ट राईडको लागि निस्कन्छन् ।

टेस्ट राईडमा निस्किएका व्यक्ति १०-१२ मिनेटसम्म पनि नफर्केपछि आफ्नो मोटरसाईकल किन्ने बाहनामा चोरी भएको आशंकामा उनले तत्कालै इलाका प्रहरी सालझण्डीमा खबर गर्छन् । खबर गरेलगत्तै प्रहरी खोजतलासमा निस्कन्छ तर ति चोरी गरि लैजाने युवकको जानकारी नहुनाले तत्कालै पक्राउ गर्न प्रहरी असफल हुन्छ ।

आवश्यक अनुसन्धान गर्ने क्रममा चोरी भएको बा ५१ प ७४४३ नं को भिआर मोटरसाईकल रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने १८ वर्षिय किशोरले चोरी गरि गएको खुल्न आउँछ ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा रहेको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा बुधबार (हिजो) कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थितको भित्री सडकमा मोटरसाइकल चलाईरहेकै अवस्थामा ती किशोरलाई पक्राउ गर्छन् ।

प्रहरीले पक्राउ परेका किशोरलाई जिल्ला अदालतबाट बुधबार नै म्याद थप गरी थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ९ : ५२ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ