२० श्रावण २०८३, बुधबार | August 5, 2026

दाङमा दुर्घटनामा दुईजनाको मृत्यु



देउखुरी । दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गएराति घोराही उपमहानगरपालिका-७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही-७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही-७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : २७ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन