१० माघ २०८२, शनिबार | January 24, 2026

जमुनाहा नाकाबाट प्रहरी नियन्त्रणमा आएको कन्टेनरबाट २५० बोरी अफिम बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको जमुनाहा नाकामा नियन्त्रणमा लिएको कन्टेनरमा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) भएको पुष्टि भएको छ । प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) बरामद गरेको हो ।

नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनर शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार नाका पार गरि भारत प्रवेश गर्नै लाग्दा प्रहरीले सो कन्टेनरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले कन्टेनर नियन्त्रणमा लिएपनि प्रहरीकै अगाडि कन्टेनरका चालक र सह चालक फरार भएका थिए । २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बाँके प्रहरुी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

विशेष सुचनाका आधारमा सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले कन्टेनर नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार कन्टेनरमा अफिम र सुन निकासी हुँदैगरेको सूचना प्रहरीले पाएपनि कन्टेनरमा सुन भने नभेटिएको बताइएको छ ।

पोष्टर दाना अफिमको बिउ बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ५८ बजे

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको