२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

द ब्रिटिस कलेजले संचालन गर्यो ‘इन्टरनेट अफ थिंग्स’ ल्याब



काठमाडौ । द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब संचालन गरेको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब संचालन गरेको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले आईओटी उदीयमान विषय भएको बताउँदै विद्यार्थीहरुलाई थप अवसर प्राप्त गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

‘इन्टरनेट अफ थिंग्स महत्वको हिसावले उदीयमान विषय हो। त्यसैले पाठ्यक्रमलाई सहयोग पुर्याउने यस विषयले हामी हाम्रा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा उभ्याउने र यस क्षेत्रका विद्यमान अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं ।’ सीइओ कँडलको भनाइ थियो ।

आवश्यक स्रोत साधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ । ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरूमा आफ्ना खोज तथा अनुसन्धानहरु प्रस्तुत गर्न सक्ने गरि सहभागीता जनाउने मौका समेत प्रदान गर्नेछ। यसले उनीहरूलाई विश्वमा देखिएका समास्याहरुको समाधान गर्न मद्दत पुग्ने विश्वास कलेजले लिएको छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै कलेजका एसोसिएट डीन अरुण जोशीले ‘यो नयाँ सुविधाले हाम्रा बीएससी (हन्स) कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक्सका विद्यार्थीहरूले नयाँ र रोमाञ्चक विकासहरूमा पहुँच पु¥याउन सक्षम हुने बताए ।

साथै, डिजिटालाइजेसनको क्षेत्रमा यसले सम्भावित रूपमा हामीले आईओटीको अवधारणा र अनुप्रयोगहरू सिकाउने र सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छौं।’

उद्घाटन कार्यक्रममा पाँच जना विद्यार्थीहरुसँगै विषयसँग सम्बन्धित शिक्षकहरुले स्मार्ट सोलार, फेस डिटेक्शन र स्मार्ट होम अटोमेसनलगायत आईओटीसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए । यसका साथै आईओटीसँग सम्बन्धित पाठ्यक्रमहरू जुलाई १५ बाट आधिकारिक रूपमा सुरु हुने कलेजले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : १९ बजे

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदबाट हटाइएका छन् ।

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठीबास र

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा