२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बर्दियामा भारतीयले चलाएको गोली लागेर एक नेपालीको मृत्यु



बर्दिया । बर्दियाको नेपाल भारत सीमामा रहेको जंगलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ ।

बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जंगलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो । सीमावर्ती जङ्लमा न्युरोको साग टिप्न गएका गोडीयामाथी घारतीय अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गोली प्रहर बाट घाइते भएका गोडियाको उपचारका क्रममा जिल्ला अस्पताल बर्दियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

बिहिबार राती घटेको घटनामा घरपरिवारले नै उपचारका लागि जिल्ला अस्पताल लगेकोमा अस्पतालले मृत घोषणा गरिदिएको एसपी शाहीले बताए । गोली लागेर घाइते भएका गोडीयालाई उनकै घरपरिवारले अस्पताल पु¥याएका थिए । जंगलमामा निहुरो साग टिप्न एक्लै गएका कारण घटना कसरी घटेको हो भन्ने एकिन हुन नसकेको एसपी शाहीले बताए । उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

गोली कसले चलाएको हो भन्ने एकिन हुन नसके पनि भारतीय वन रक्षकले गोली हानेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : २२ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच