२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सियारीमा राष्ट्रपति छनौट राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न



बुटवल । सियारी गाउपालिकामा राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८/०७९ सम्पन्नभएको छ । वर्षाका कारण प्रभावित भएको खेल दुई दिन ढिला गरि सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत सियारी गाँउपालिका हलमा भएको कबड्डी प्रतियोगिताको छात्रतर्फ समयमाई माबि प्रथम हुन सफल भएको छ । गणसरी माीका खेलाडीहरु द्वितीय तथा जनता माबी र जङ्गहत्था माबीका खेलाडीहरु तृतीय स्थान हासिल गरेका छन । यसैगरि छात्रातर्फ जनता माबीका खेलाडीहरु प्रथम स्थान हासिल गरेका छन । रोज बड एकेडेमीका खेलाडीहरु द्वितीय तथा सिद्धार्थ माबी र समयमाई माबीका खेलाडीहरु तृतीय स्थान हासिल गरेका छन ।

त्यस्तै १ हजार ५ सय मिटर दौडमा छात्रातर्फ समयमाई माबीकी आरती केवटले ७ मिनेट ३७ सकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी छिन । दुर्गादेवि माबीकी ईन्दिरा गुरुङले ७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने पब्लिक माबिकी रजनी मल्लाहले ७ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन् ।

छात्रतर्फ जनता माबीका सुरेश केवट ५ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे । समयमाई माबीका अनिल केवट ५ मिनेट ४० सकेण्डमा दुरी पार गर्दै दोस्रो तथा रोसबड एकेडेमीका सचिन कुर्मी ५ मिनेट ४७ सकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

यसगरि ३ हजार मिटर दौडमा छात्रातर्फ दुर्गादेवि माबीकी ईन्दिरा गुरुङले १५ मिनेट ३६ सकेण्डमा दुरी पार गर्दै प्रथम भईन् । गणसरी माबीकी सुस्मितायादव १५ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा चिलिया माबीकी रिन्की केवत १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन् । छात्र तर्फ जनतामाबीका सुरेश केवटले ११ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै प्रथम, समयमाई माबीका अनिल केवट ११ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा बिरेन्द्र माबीका दिनेश पासी र पब्लिक माबीका प्रदीप पासी ११ मिनेट ४३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

एक समारोहकाबीच गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले खेलकुदका नयाँ युवा खेलाडी उत्पादनगर्ने प्रयासकारुपमा यो प्रतियोगिता भएको बताउदै यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगितामा सियारी गाउपालिकाका १३ विद्यालयहरुका ३ सय ६० बढी खेलाडीहरुले भागलिएको फुटबल प्रशिक्षक अमर पुन मगरले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ४५ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो