२० श्रावण २०८३, बुधबार | August 5, 2026

पानीको स्रोत संरक्षण गर्दै अभिलेख राखिने



काठमाडौं । जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ ।

आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो ।

खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युतलगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने जनाइएको छ ।

ऊर्जा आयोगको सचिवालयले जलस्रोत व्यवस्थापन तथा सेवासम्बन्धी कार्यशाला आयोजना गरी अभिलेख राख्ने विषयमा छलफल गरेको हो ।

आयोगले समष्टिगत रूपमा पानीको अभिलेख राख्नेगरी नीति बनाउन विभिन्न विज्ञ सम्मिलित समूहसमेत गठन गरेको छ । पानी र जलवायु परिवर्तनका विषयमा संघ, प्रदेश र स्थानीय तहमा जलाधार व्यवस्थापनका लागि आयोगले पहल गर्ने बताइएको छ ।

पानीको स्रोत संरक्षणका लागि स्थानीय तहलाई जिम्मेवारी दिने, खोला, नदीनाला, वातावरण बचाउन जोड दिइने भएको छ ।

तीनै तहका सरकारले संविधानले दिएको अधिकारबमोजिम समन्वय गरी जलस्रोत संरक्षण गर्ने बताइएको छ ।

जलवायु उत्थानशील जलस्रोत व्यवस्थापन र वास (पानी, सरसफाइ, स्वच्छता)लाई समावेशी बनाउन समूह गठन गरिएको छ ।

जल तथा ऊर्जा आयोग एवं खानेपानी मन्त्रालयको संयुक्त नेतृत्वमा चार विषयमा अध्ययन गर्न समूह बनाइएको छ । जल सुरक्षा, जलस्रोत व्यवस्थापनका लागि सरकारका नीति तथा योजनामा जलवायु उत्थानशीलता समावेश गर्दै जान समूह बनाइएको हो ।

पानीमा नेतृत्वदायी भूमिकाका लागि नितरन्तर बहुसरोकारवालाहरूको सहभागितामा छलफल र परामर्श गर्ने जल तथा ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेलले बताए ।

जलवायु परिवर्तनबाट उत्पन्न भएका बाधा व्यवधान पत्ता लगाई प्राथमिकीकरण गर्ने कार्य कार्यशालामा सम्पन्न भएको सहसचिव पौडेलले जनाए ।

जल तथा उर्जा आयोगको नेतृत्वमा पानीको स्रोत संरक्षण अभियानमा विश्व जल साझेदारी ९जिडब्लुपी०को प्राविधिक सहायता रहेको छ ।

जलस्रोत व्यवस्थापनमा आइपर्ने समस्यामा छलफल गर्न चारवटा समूह निर्माण गरिएको छ । चारवटै समूहले नीति, संस्था, तथ्यांक र क्षमता गरी चारवटा नै मुख्य समस्या देखाएकाले त्यस विषयमा बृहत् छलफल गर्ने भएको सहसचिव पौडेलले जानकारी दिए ।

समूहले छुट्टाछुट्टै छलफल गरी व्यावहारिक रणनीति बनाउने बताइएको छ । समूहले बनाएको रणनीतिलाई सरकारले क्रमशः आन्तरिकीकरण गर्दै जाने अपेक्षा गरिएको छ ।

समूहले सम्बन्धित सरोकारवालासँग छलफल गरी क्षमता विकास र स्थानीय विकासमा अपनत्वको भावना जागृत गराउने उद्देश्य लिइएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ५७ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।