६ श्रावण २०८३, बुधबार | July 22, 2026

एमालेभित्र अन्तर्घातीको खोजी



काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात गर्नेमाथि छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय निर्वाचनमा भएको अन्तर्घात’ सो कमिटीले उजुरी लिने, छानबिन गर्ने, कारबाहीको सिफारिसलगायतका काम गर्नेछ ।

कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् । निर्वाचन विभाग प्रमुख एवं उपमहासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख रहेका स्थायी कमिटीका सदस्य खगराज अधिकारी सो कमिटीको सदस्य रहेका छन् ।

पार्टीभित्रैबाट भएका अन्तर्घातका घटनाको छानबिन र कारबाहीका सिफारिस गर्न सो कमिटी गठन भएको प्रवक्ता गुरुङले बताए । एमाले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको पराजयमा पार्टीकै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको एमालेको प्रारम्भिक निष्कर्ष रहेको छ ।

गुरुङले भने, ‘निर्वाचनका समस्या अनुशासनहीनता र अराजकता भएको भन्दै उजुरी परेको छ । सो उजुरीमाथि छानबिन गर्न समिति बनाउने निर्णय भएको छ ।’

यसैगरी, एमालेले प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उनले बताए । सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै पार्टीका उपाध्यक्षलाई प्रदेशमा खटाउने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेसमा उपाध्यक्ष सुरेन्द्र पण्डे, बाग्मतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

उनीहरूले आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महँगी नियन्त्रणमा सरकारलाई दबाब दिने, विपद्मा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्लास्तरमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन गर्ने गुरुङले बताए ।

यसैगरी, प्रदेश र जिल्ला कमिटीले स्थानीय तह निर्वाचन’ समीक्षा रिपोर्ट असार मसान्तभित्र पार्टी केन्द्रीय कमिटीमा पठाइसक्न निर्देशन दिएको छ । यस्तै, चौतर्फी घेराबन्दीबीचमा पनि प्रथम शक्ति बनेको मूल सन्देश लिएर आगामी निर्वाचनमा जाने निर्णय पनि बैठकले गरेको छ ।

वर्तमान परिणाम अपेक्षाभन्दा कम रहेको बताउँदै त्यसमा आन्तरिक समस्यासमेत रहेकाले त्यसलाई अन्त्य गर्ने एमालेको निर्णय छ । यस्तै, बैठकले पार्टीको विभिन्न १४ वटा विभागको सचिव मनोनीत गरेको छ ।

जसअनुसार वित्त तथा कोष व्यवस्थापन विभागको सचिवमा डा. भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागको सचिवमा मोहिनी खनाल, श्रम तथा रोजगार विभागको सचिवमा जनक चौधरी र संसदीय विभागको सचिवमा डा. सूर्य पाठकलाई मनोनीत गरिएको छ ।

यसैगरी, सामाजिक सेवा विभागमा डा. नेत्रप्रसाद तिम्सिना, संस्कृति विभागमा राजेश थापा, स्थानीय तह विभाग, हर्क राई, प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, परराष्ट्र मामिला विभागमा डा. अन्जान शाक्य, संघीय मामिला तथा सामान्य प्रशासन विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना, अर्थ तथा योजना विभाग योगेन्द्र शाही र कानुन विभागमा डिल्लीराम मैनालीलाई सचिव मनोनीत गरिएको प्रवक्ता गुरुङले बताए । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ४५ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको