६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप थियो



मुम्बई । बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए ।

उक्त चुनावमा अमिताभसँग जोडिएका कैयौं रोचक कुरा छन् । अमिताभले त्यो चुनावमा राजनीतिक व्यक्तित्वको रंग देखाएका थिए । उनले बहुगुणा आफूभन्दा वरिष्ठ भएकाले उनीविरुद्ध आफूले एक शब्द पनि नबोल्ने उल्लेख गरेका छन् । अमिताभले हेमवतीको पाउ छोएर उनीबाट आशीर्वाद मागेका थिए ।

हेमवती कुनै समय कांग्रेसी थिए र उनले इलाहाबादबाट चुनाव जित्ने निश्चित मानिएको थियो । त्यही समयमा कांग्रेसले अमिताभलाई उनकोविरुद्ध मैदानमा उतार्ने निर्णय लियो । अमिताभ आफ्ना साथी राजीव गान्धीको इच्छाअनुसार राजनीतिमा आएका थिए ।

तर, इलाहाबादको सिटमा अमिताभको रंग खासै जम्न सकिरहेको थिएन । तर, पासा त्यतिबेला पल्टियो, जब त्यहाँ जया बच्चनले ‘बुहारी’का रुपमा प्रवेश गरिन् । अमिताभले बहुगुणालाई हराउनका लागि ‘मेरो आँगनमा तिम्रो के काम’ भन्नुपर्यो । अमिताभको क्रेज बढ्दै गयो । त्यहाँ चुनावको माहौल यति गर्मायो कि कतिपय स्थानमा राति १० बजेसम्म मतदान भएको थियो । केही बुथमा ९५ देखि शत प्रतिशतसम्म मत झर्यो । निर्वाचन आयोगले यी स्थानको चुनावमा कोही पनि बिरामी ओछ्यानमा नरहेको घोषणा गर्यो ।

अमिताभले यो चुनावमा बहुगुणालाई १ लाख ८७ हजार मतान्तरले पराजित गरेका थिए । तर, मतगणनाको समयमा एक रोचक कुरा बाहिर आयो । अमिताभको जित अन्तर धेरै बढ्यो तर उनले पाएको मतमध्ये करिब ४ हजार भोट रद्द भयो । यसको कारण पनि अनौठो थियो । अमिताभलाई महिला फ्यानको उल्लेख्य भोट आएको थियो । तर, त्यसमा तीमध्ये करिब चार हजार महिलाले मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्नेमा मतपत्रलाई चुमेर लिपिस्टिकको निशान छाप लगाइदिएका थिए ।

चुनाव जितेको तिन वर्षमै उनले राजीनामा दिए । उनले इलाहबादको जनतासमक्ष आफूले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै राजीनामा दिएका थिए । उनी चुनाव जितेपछि फिल्ममै व्यस्त भए र कहिल्यै आफ्नो संसदीय क्षेत्रमा फर्किएनन् । सांसद रहँदै रिलिज भएको उनको फिल्म ‘मर्द’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : १७ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का