३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोना भाइरसका १७० नयाँ संक्रमित थपिए, देशभर १२१२ जना पुगे



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जना व्यक्ति संक्रमित भएका छन् ।

कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठानमा ५ जना र नारायणी प्रयोगशालामा परीक्षण गर्दा ९ जना संक्रमित देखिएका छन् ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, गण्डकी प्रादेशिक अस्पतालमा १ जना, भेरी अस्पतालमा १० जना थपिएका छन् ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना थपिएका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सबैभन्दा धेरै ८४ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जना थपिएका छन् ।

हालसम्म देशभर संक्रमित हुनेको संख्या १२१२ पुगेको छ । जसमध्ये १०९ जना महिला रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ४ : ३७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको