२२ भदौ २०८३, सोमबार | September 7, 2026

अलपत्र नेपालीलाई स्वदेश फर्काउन बजेट व्यवस्था गरेकोमा एनआरएनएबाट स्वागत



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । बजेटमा एनआरएनएको उच्च मुल्यांकन गरिएको एनआरएनएले निष्कर्ष निकालेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएको थियो ।

सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा एनआरएनए अध्यक्ष कुमार पन्तले स्वागत गर्नुृभएको हो ।

अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा एनआरएनको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ भने नेपालसँग नाता जोडिएका विदेशी नागरिक एनआरएनले नेपाल आउँदा अनलाइनमार्फत भिसा लिन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : १६ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको