२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पदाधिकारी छान्न दाहाल असफल



काठमाडौं । चर्काे विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव गरे । तर, पदाधिकारीका लागि भने उनले केही दिनको समय माग गरे ।

आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाएको हो । यसअघि रहेका १५ जना पूर्वस्थायी समितिका सदस्य स्वतः परेका छन् भने बाँकीको नामसमेत पछि टुंगो लाग्नेछ ।

बैठकले १ सय ५६ जना पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाएको छ । बैठकमा अध्यक्ष दाहालले सुरुमा १ सय २५ जना पोलिटब्युरो सदस्यको नामावली घोषणा गरेका थिए । तर, केही असन्तुष्ट नेताले हुटिङ गरेपछि उनले थप ३१ जनाको नाम समावेश गरी पोलिटब्युरो सदस्यको संख्या १ सय ५६ जना बनाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यसँग समय मागेका थिए । ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन दुई-चार दिन दिनुस् । केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति टुंगो लागेकाले पदाधिकारी टुंगो लगाउन पनि ठूलो समस्या छैन,’ बैठकमा सहभागी एक सदस्यले दाहालको भनाइ उद्धृत गर्दै भने ।

उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको पनि बताए । ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । दुई÷चार दिन दिनुस्, सबैलाई खुसी बनाउनेगरी टुंगो लगाउँछु,’ बैठकमा उनले भने ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो । पार्टीको महाधिवेशन भएको ६ महिना बित्दासमेत सांगठनिक कार्य पूरा नगरिएको भन्दै अध्यक्ष दाहालकोको आलोचना हुँदै आएको छ ।

माओवादी केन्द्रको विधानअनुसार १५ पदाधिकारीको व्यवस्था छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

पदाधिकारीको चयन सर्वसम्मतमा गर्ने र सर्वसम्मत हुन नसकेको अवस्थामा केन्द्रीय सदस्यको मतदानबाट चुनिनुपर्ने पार्टीको विधानमा उल्लेख गरिएको छ ।

माओवादीमा केन्द्रीय सदस्यको संख्या ३ सय ७७ पुगेको छ । यसमा २५ प्रतिशत मनोनीत, १० प्रतिशत एकता प्रक्रियाबाट समावेश भएका समेत रहेका छन् । पदाधिकारीको संख्या १५, स्थायी समितिमा ४१ जना, पोलिटब्युरोको संख्या १ सय २५ र वैकल्पिक पोलिटब्युरोको संख्या ३१ हुने व्यवस्था रहेको स्थायी समितिका सदस्य गणेश साहले बताए ।

माओवादी स्रोतका अनुसार महासचिव पदका दाबेदारबीच सहमति हुन नसकेपछि पदाधिकारीको घोषणा हुन नसकेको हो । महासचिवमा स्थायी समितिका सदस्य देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका दाबेदार छन् । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ४३ बजे

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, ढाई करोड बढीको क्षति

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ ।

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष