२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल



गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन् ।

जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम-दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन् । तालमा जलहाँस पौडने र त्यसैबाट तालको सफाइ हुने स्थानीय बताउँछन् ।

ओखरबोटका स्थानीय चाम पुनका अनुसार ती जलहाँस दिनमा देखिँदैनन् तर, साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथी जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन् । तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिकस्थल मालिका जाने बाटोको पश्चिमतिर रहेको सरबारी तालमा पुगेर हराउने गर्दछन् ।

ओखरबोटका स्थानीय युवा नवीन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्षरुपमा त्यहाँ नपुगेको बताए । स्थानीय दलबहादुर घर्तीले ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करिब एक घण्टा लाग्ने बताए ।

त्यहाँबाट ४५ मिनेटमा दह र दहतालबाट एक घण्टा घनाजङ्गल छिचोलेर हिँडेपछि सरबारी ताल पुगिन्छ । जङ्गलको बीच भागमा रहेका तीनवटै तालमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टाभन्दा बढी समय लाग्ने स्थानीयको भनाइ छ ।

स्थानीय चेमबहादुर पुनले तालको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यहाँ आउने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ३२ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज