२० मंसिर २०८२, शनिबार | December 6, 2025

देउवामाथि दबाब बढाउँदै इतर समूह



काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।

आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट बस्दै छ । केन्द्रीय समिति बस्ने अघिल्लो दिन इतर समूहले बैठकमा उठाउने विषयमा रणनीतिसमेत बनाएको छ । इतर समूहले बैठकमा सरकारको काम, कारबाही’ गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।
संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाही’ गम्भीर समीक्षा गर्ने विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कांग्रेसभित्रको इतर पक्षले सरकारले ल्याएको बजेट’ पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

इतर समूहले केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै त्यसतर्फ पनि सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

यसैगरी, स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हितमा हुनेगरी गठबन्धनलाई थप सशक्त बनाउने विषयमा पनि सशक्त रूपमा अघि बढ्ने निर्णय भएको बताइएको छ ।

‘कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा पार्टीलाई कसरी अघि बढाउने, विधिविधानको पालनामा कसरी अघि बढ्नेसहित स्थानीय तहको निर्वाचनको समीक्षा र सरकारको कामको पनि समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने भन्ने विषयमा छलफल भएको छ,’ नेता भण्डारीले बैठकपछि भने ।

बैठकमा पार्टीको भ्रातृ संस्थादेखि विभाग गठनसम्मको विषयलाई पनि उठाउने विषयमा नेताहरूले राय राखेका छन् । बैठकका कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महत, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायत सहभागी थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार १ बजे बस्नेगरी पार्टी केन्दीय कार्यालय सानेपामा बोलाइएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ५६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय