३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा जारी छ।

भेलामा कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन्। भेला सुरु भएको केही समयपछि पुगेका देउवा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका हुन्।

राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, मोहनबहादुर बस्नेत, ईश्वरी न्यौपाने, जितजंग बस्नेत, रामहरि खतिवडा र मीनबहादुर विश्वकर्मालगायतका नेताहरू भेलामा उपस्थित छन्।

भेलामा गाउँ तथा नगर सभापति, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापति, प्रदेश सभापति, निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूका साथै पूर्वसांसद र पूर्वमन्त्रीहरूलाई समेत बोलाइएको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकन गर्न अनुमति दिएपछि संस्थापनइतर समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको हो। भेलालाई पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे छलफल तथा शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राख्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : ५४ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका