२४ बैशाख २०८१, सोमबार | May 7, 2024

माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ: घनश्याम भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुदेँ सहमति लत्याएर ठुलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नु पर्ने बताएका छन ।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भए उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनार्य छ ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवत: आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुषालले भनेका छन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी बिभाजन गर्ने बिरोध गर्ने तर आफुले २० प्रतिशतमा पार्टी बिभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको भुषालको थप टिप्पणी छ ।

‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुषालले भनेका छन, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : ५२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,