काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को मर्यादाक्रममा गरिएको फेरबदल सार्वजनिक गरेको हो । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट बढुवा हुँदै तेस्रो वरीयतामा पुगेकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गौतमलाई तेस्रो मर्यादामा राखिएको छ । यसअघि तेस्रो वरीयतामा रहेका शिशिर खनाल चौथो स्थानमा झरेका छन् ।
त्यस्तै, यसअघि चौथो वरीयतामा रहेका ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ स्थानमा पुगेका छन् । गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम पाँचौँबाट घटेर छैटौँमा पुगेको छ भने सुनिल लम्साल सातौँ वरीयतामा पुगेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम प्रधानमन्त्रीको सिफारिसमा हेरफेर गरिएको हो ।

















प्रतिक्रिया