११ भदौ २०८३, बिहिबार | August 27, 2026

एमाले अध्यक्ष ओलीलाई भेटे सीपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न चिनियाँ नेता लिउसहितको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध, बीआरआई एवं आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट गरिसकेका छन् । नेपालका नेताहरुसँगको छलफलका क्रममा लिउले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुले पनि त्यसै गरुन भन्ने चाहेको सन्देश दिएका छन् । उनले नेपालबाट चीन विरोधी गतिविधि हुन नदिन नेपालले गरेको प्रयासको प्रशंशा गर्दै थप सक्रियता देखाउनुपर्ने धारणा राखेका छन् ।

नेपालका नेताहरुले एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल