१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सिस्टम नचल्दा ठूलो मात्रामा बजेट रकम भुक्तानी हुन सकेन



सुर्खेत । सिस्टम चल्न नसक्दा दर्जनौं योजनाहरूको भुक्तानी नपाएपछि उपभोक्ता मारमा परेका छन् । कर्णाली प्रदेश सरकार मतहतका जिल्ला कार्यालयहरूले काम गरेर सम्पन्न भएका योजनाहरूको भुक्तानी दिन नसकेको बताएका हुन् ।

असार २५ गतेसम्म मात्र सिस्टम चल्ने भन्दै परिपत्र भए पनि २४ गते दिनभरी सिस्टम नचल्दा आफूहरूले उपभोक्ताको काम गरेको रकम भुक्तानी दिन नपाएका खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख टपेन्द्र सुन्दर मल्लले बताए । उनले भने, हाम्रो जिल्ला कार्यालयबाट काम गरेको ८ करोड रकम भुक्तानी दिन नसकेको अवस्था छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अधिकांश जिल्ला कार्यालयले काम गरेको रकम भुक्तानी दिन नपाएको पीडा सुनाएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयहरूले समेत ३० प्रतिशत भन्दा बढी काम भएको रकम भुक्तानी दिन नपाएका बताएका हुन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित आठ वटा मन्त्रालय रहेका छन् । अधिकांश मन्त्रालयका जिल्ला कार्यालयहरूले सिस्टम चल्न नसक्दा काम गरेको समेत भुक्तानीको काम रोकिएको बताएका छन् ।

प्रदेश कोष लेखा नियन्त्रण कार्यालयले केन्द्रमा यहाँको सबै कुरा लेखि पठाएको जानकारी दिएको छ । सिस्टम तोकिएकै दिनमा बन्द गर्ने तर अघिल्लो दिन सिस्टम नै नचल्ने अवस्था आएपछि भुक्तानी कसरी दिनु कार्यालय प्रमुखहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ०६ बजे

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।