२१ भदौ २०८३, आइतबार | September 7, 2026

कर्णाली योजना आयोग नौ महिनादेखि पदाधिकारीविहीन



सुर्खेत । कर्णाली प्रदेश योजना आयोग नौ महिनादेखि पदाधिकारीविहीन बनेको छ । सांसदहरुले कर्णाली प्रदेशसभा बैठकमा योजना आयोग गठन नहुनुको कारण सरकारसँग माग गरेपनि जवाफ दिन सकेको छैन ।

माओवादी केन्द्रका सांसद विमला केसीले योजना आयोग गठन हुन किन नसकेको भन्दै बैठकमा जवाफ मागे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिन सकेनन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट समेत योजना आयोगविहीन अवस्थामै निर्माण गरी प्रदेशसभाबाट सोमबार पास भएको छ । अघिल्लो कार्यकालमा योजना आयोग रहेका पधाधिकारीले बनाएका योजनाका खाका यो बजेटमा समेटिएको अवस्था छैन ।

पछिल्लो पटक प्रदेश सरकार गठन हुँदा योजना आयोगको उपाध्यक्षसहित तीन मन्त्रालय ओवादीलाई, दई मन्त्रालय एकीकृत समाजावादी र दुई मन्त्रालय कांग्रेसले लिने आन्तरिक सहमति भएको थियो ।

सरकार गठन गर्दा भएको उक्त सहमति मुख्यमन्त्री शाहीले कार्यान्वन नगर्दा योजना आयोग रिक्त भएको दाबी नेताहरुले गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : २७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त