२५ चैत्र २०८२, बुधबार | April 8, 2026

आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा पश्चिमा मुलुकमा मौलाउदै



काठमाडौं । गुरु परम्परा प्राचीन सनातन परम्परा हो । हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो गुरुकुल । गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने प्रचलन पनि सदीयौंदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हो । पौराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार भगवान् राम,श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा रहेरै शिक्षा ग्रहण गर्नु भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

हरेक वर्ष आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिलाई गुरु पूर्णिमाका रुपमा मनाउँदै आएका छौ । यसवर्ष आषाढ २९ गते बुधवार परेको छ । गुरु पूर्णिमा व्यास पूर्णिमाको नामले पनि प्रसिद्ध रहेको छ । यस दिन महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासको जन्मदिन पनि रहेकाले यसको महत्त्व झनै उच्च रहेको शास्त्रमा उल्लेख गरिएको छ । उनले चारै वेद रचना गरेकाले पनि वेद व्यास भनेर भनिएको छ ।

यसदिन अन्धकारबाट ज्ञानको ज्योति देखाईदिने गुरुहरुको विशेष पूजा तथा सम्मान गर्ने परम्परा सदीयौंदेखि चलिआएको छ । गुरुका लागि शिष्य सर्वाधिक मूल्यवान हुने भएकाले गुरुले देखाएको मार्गमा हिडेर शिष्य आफ्नो जीवनमा सफल बनेको देखिनु नै गुरुप्रतिको सम्मन हो । द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासमा गुरु लागिपरेको देखिन्छ । गुरु बृहस्पति ज्ञानका भण्डार हुन । सबैलाई समान रुपमा ज्ञानको ज्योति फैलाउने काम गुरुकै भएकाले आजका दिन गुरुको सम्मानमा पूजा गर्ने परम्परा रहिआएको छ । गुरुको महत्त्व सबै दृष्टिकोणबाट अपरमपार छ । आध्यात्मिक शान्ति,धार्मिक ज्ञान तथा सांसारिक निर्वाहका लागि गुरुको दिशानिर्देश महत्त्वपूर्ण रहने गरेको छ । त्यसकारण हरेक व्यक्तिको जीवनमा विभिन्न संकटबाट मुक्ति पाउनका लागि देखाईने मार्गनिर्देशन दिनु नै गुरुको कर्तव्य हो ।

पछिल्लो समय समाज आधुनिकीकरण तर्फ धकेलिँदै गर्दा विस्तारै गुरुकुलीय परम्परा लोपहुने अवस्थामा आएको परिस्थितिमा यस्ता हाम्रा मौलिक परम्पराका चाडपर्वहरुले केही भएपनि संस्कृति संस्कारको पालना गरेको देखिन्छ । गुरु पूर्णिमा यस्तो एउटा पवित्र दिन हो उक्तदिन अन्धकारबाट उज्यालो तिर मार्गदर्शक गर्ने काम गुरुको हो । यदि कुनै पनि मानिसले आजको दिन गुरुको पूजा,ध्यान तथा उच्च सम्मान प्रकट गर्नसकेमा समस्त मनोरथ पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ । गुरुबिना कुनै पनि प्रकारका शिक्षाले पूर्णता पाउन सक्दैन । गुरुवाक्य सबैभन्दा शक्तिशाली हुने हुँदा गुरु बिनाको ज्ञान कहिल्यै पूर्ण हुन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

यदि कसैलाई शिक्षामा अवरोध भएको छ या लामो प्रयासपछि पनि कार्य सफल हुन सकेको छैन भने गुरु पूर्णिमाका दिन गुरुद्वारा मन्त्र सुनेर नित्य जप गरेमा बाधा अवरोध हटेर जाने शास्त्रमा उल्लेख गरिएको छ । मानिसको तेस्रो आखा अर्थात ज्ञानको ज्योति खुल्ला गर्नका लागि गुरुमन्त्र द्वारा साधना गरेमा लक्ष्यमा पुग्न सकिने भनेर भनिएको छ । जीवनमा मार्गदर्शन गराउने मुख्य तथा सम्मानित व्यक्ति नै गुरु हो या ज्ञानको अर्कोरुप भनेकै गुरुको हो ।

संसारमा हरेक वस्तु दिँदा सक्किन्छ तर विद्या मात्रै एउटा यस्तो वस्तु हो जुन जति दियो त्यो भन्दा १०८ गुणा बढेर जान्छ त्यसैले ज्ञान दिने जतिपनि हुनुहुन्छ उहाँको सम्मानमा गुरु पूर्णिमा पर्व मनाउने परम्परा सदीयौंदेखि यथावत् रुपमा चलिआएको छ । मातापिताको आशिर्वाद तथा गुरुको ज्ञान विनाको जीवन नरकतुल्य हुने हुँदा हरेक व्यक्तिले सर्वप्रथम आफ्नो प्रथम गुरुका रुपमा आफ्ना मातापिता र गुरुको आदर पूर्वक सम्मान गर्न सक्नु नै गुरु पूर्णिमाको महत्त्व रहनेछ ।

: लेखक ज्योतिष तथा वास्तुविद् हुन्

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : १० बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना