१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

हिमालयनमा गाभिने भयो सिभिल बैंक



काठमाडौं । हिमालयन बैंकले सिभिल बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकबीच भएको समझदारीअनुसार हिमालयन बैंकले अब सिभिल बैंकको सेयर प्रतिकित्ता ८१ रुपैयाँका आधारमा कारोबार गर्नेछ ।

प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ । सञ्चालक समिति हिमालयन बैंककै रहने गरी भएको समझदारीअनुरूप समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा बन्नेछन् ।

हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको नौ अर्ब सात करोड रुपैयाँ छ । १००ः८१ का दरले पुँजी समायोजन हुँदा सिभिलको करिब सात अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यसअनुसार नयाँ बन्ने बैंकको पुँजी २० अर्ब ३० करोड रुपैयाँभन्दा माथि हुने देखिएको छ ।

लगानीतर्फ हिमालयन बैंकको एक खर्ब ५८ अर्ब र सिभिल बैंकको ८६ अर्ब ७४ करोड रुपैयाँ छ । निक्षेपतर्फ हिमालयन बैंकको एक खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको जनाइएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कुल शाखा संख्या १८९ पुग्नेछ । यस कदमले संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्यक्षमतामा उल्लेख्य प्रगति हुने हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ०० बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा