१४ चैत्र २०८२, शनिबार | March 28, 2026

भक्तपुरमा राजधानी कलेज सञ्चालन हुँदै



भक्तपुर । रोम्बस नेशनल स्कूलको व्यवस्थापनमा भक्तपुरमा यसवर्षदेखि राजधानी कलेज सञ्चालनमा ल्याइने भएको छ । पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

भक्तपुरको कमलविनायक चोखास्थित रोम्बस स्कुलमा कलेज सञ्चालनमा आउने भएको हो । भक्तपुरको शैक्षिक संजाललाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जोड्ने उद्देश्यका साथ कलेज सञ्चालन गर्न लागिएको जनाइएको छ । शिक्षा र पर्यटनमा लागि भक्तपुर भन्ने नारालाई सार्थक बनाउन थप योगदान गर्ने उद्देश्यले कलेज सञ्चालन गर्न लागिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा डा राजेन्द्र कोजूले कलेजमा यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा शाश्त्रका कक्षाहरु संचालन हुने जनाए । राजधानी कलेजको छुटै विभाग र भवन बनाई कुल २६ आना जग्गामा २ वटा आफनै भवन प्रयोग गर्ने गरी करिब ३ करोड लगानीका संचालन हुने उनले जनाए ।

सन् २००५ मा सम्वन्धन प्राप्त गरिसकेको राजधानी कलेज यस शैक्षिक वर्षदेखि भक्तपुरमा स्थानातरण संचालन गरी सञ्चालन गर्न लागिएको हो । कलेजको ठेगाना चागुनारायण नगरपालिका ७ चोखा कमलविनायक क्षेत्रमा रहने जनाइएको छ ।

कलेजसँग विभिन्न विषय अध्यापन गर्ने अनुभवी र योग्य शिक्षकहरु रहेको जनाइएको छ । करिब सात सय विद्यार्थी अध्ययनरत रोम्बस सेकेण्डरी स्कूलको बलियो जगमा राजधानी कलेज संचालन हुने जनाएको छ । कलेजले नाफा भन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिक्ता दिइने जनाएको छ ।

पहिलो वर्ष शुभारम्भको वर्ष भएकाले गरिब जेहेन्दार विद्यार्थीहरुलाई व्यापक छात्रवृत्ति दिन योजना राखिएको छ । कलेजको कार्यक्षेत्र रहेको स्थानमा पालिकाहरुसँग समन्वय गरी सरकारद्वारा घोषित पढदै कमाउँदै कार्यक्रम सफल बनाउँने यस कलेजले प्रयास र अभ्यास गरिने छ ।

निर्धारित पाठ्यक्रमका साथै जिवन उपयोगी तथा सीपमूलक अतिरिक्तक पाठ्यक्रम गरी कक्षा १२ उत्र्तीण गर्ने बेलासम्म सीप र शिक्षा दुबै रहेको विद्यार्थी निमार्ण गरी सक्षम बनाइने योजना राखिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ४७ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री