२० मंसिर २०८२, शनिबार | December 6, 2025

भक्तपुरमा राजधानी कलेज सञ्चालन हुँदै



भक्तपुर । रोम्बस नेशनल स्कूलको व्यवस्थापनमा भक्तपुरमा यसवर्षदेखि राजधानी कलेज सञ्चालनमा ल्याइने भएको छ । पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

भक्तपुरको कमलविनायक चोखास्थित रोम्बस स्कुलमा कलेज सञ्चालनमा आउने भएको हो । भक्तपुरको शैक्षिक संजाललाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जोड्ने उद्देश्यका साथ कलेज सञ्चालन गर्न लागिएको जनाइएको छ । शिक्षा र पर्यटनमा लागि भक्तपुर भन्ने नारालाई सार्थक बनाउन थप योगदान गर्ने उद्देश्यले कलेज सञ्चालन गर्न लागिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा डा राजेन्द्र कोजूले कलेजमा यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा शाश्त्रका कक्षाहरु संचालन हुने जनाए । राजधानी कलेजको छुटै विभाग र भवन बनाई कुल २६ आना जग्गामा २ वटा आफनै भवन प्रयोग गर्ने गरी करिब ३ करोड लगानीका संचालन हुने उनले जनाए ।

सन् २००५ मा सम्वन्धन प्राप्त गरिसकेको राजधानी कलेज यस शैक्षिक वर्षदेखि भक्तपुरमा स्थानातरण संचालन गरी सञ्चालन गर्न लागिएको हो । कलेजको ठेगाना चागुनारायण नगरपालिका ७ चोखा कमलविनायक क्षेत्रमा रहने जनाइएको छ ।

कलेजसँग विभिन्न विषय अध्यापन गर्ने अनुभवी र योग्य शिक्षकहरु रहेको जनाइएको छ । करिब सात सय विद्यार्थी अध्ययनरत रोम्बस सेकेण्डरी स्कूलको बलियो जगमा राजधानी कलेज संचालन हुने जनाएको छ । कलेजले नाफा भन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिक्ता दिइने जनाएको छ ।

पहिलो वर्ष शुभारम्भको वर्ष भएकाले गरिब जेहेन्दार विद्यार्थीहरुलाई व्यापक छात्रवृत्ति दिन योजना राखिएको छ । कलेजको कार्यक्षेत्र रहेको स्थानमा पालिकाहरुसँग समन्वय गरी सरकारद्वारा घोषित पढदै कमाउँदै कार्यक्रम सफल बनाउँने यस कलेजले प्रयास र अभ्यास गरिने छ ।

निर्धारित पाठ्यक्रमका साथै जिवन उपयोगी तथा सीपमूलक अतिरिक्तक पाठ्यक्रम गरी कक्षा १२ उत्र्तीण गर्ने बेलासम्म सीप र शिक्षा दुबै रहेको विद्यार्थी निमार्ण गरी सक्षम बनाइने योजना राखिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ४७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय