१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पावर हाउस घटनाको स्थलगत अनुगमन : मृतकका परिवारलाई पालिकाले एक लाख दिने



जुम्ला । गएराति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भाँसिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो ।

घटनास्थलको अवलोकन गरेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरुप एक लाख रकम दिने निर्णय गरेको बताए । उनले भने, ‘गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षेतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । बैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै संघीय सरकारले नियम अनुुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन् ।प्रजिअ प्रसाईले आवश्यक प्रमाण भएमा चाडै श्रीमानको खातामा रकम हाल्न सकिनेमा बताइन् । यसैगरी मृतकको पोष्टमार्टम समेत भईसकेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रहरी चौकी हिमा १ बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस पहिरोले भाँसिदा विद्युतका अपरेटर गोरखबहादुर रावतका श्रीमती र दुई छोरोको गएराति मृत्यु भएको थियो । रावतका ३० वर्षीया श्रीमती विमला रावत, ९ वर्षीय छोरा भरत रावत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ५० बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व