१६ बैशाख २०८३, बुधबार | April 29, 2026

लेवान्डोस्की बार्सिलोना अनुबन्ध नजिक



काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् ।

बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ ।

लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए ।गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष आग्रह गरेका थिए । बायर्नले भने उनको प्रस्ताव अस्विकार गर्दै आएको थियो ।

जाभीको टोलीले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता दुई वर्षका लागि नविकरण गरेको थियो । बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाले शुक्रबार लिड्स युनाइटेडका राफिन्हालाई भित्राएको थियो । बार्सिलोनाले राफिन्हालाई ६७ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

लेवान्डोवस्कीले बायर्नबाट लगातार आठ पटक बुन्डेसलिगाको उपाधि जितेका थिए । उनी सन् २०१४ मा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट बायर्नमा भित्रिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ५१ बजे

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

काठमाडौं । चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले

खजुराको पालिका गानमा ४ जना रचनाकारको नाम राखेपछि पालिका गान विवादमा

खजुरा । जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा

रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्कीए, २ जनाको मृत्यु

बुटवल। रुपन्देहीको देवदहमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक