१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपा फुटको असर : बाबुरामको पार्टी पद जाने, सांसद पद नजाने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाट हटाइएका बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ ।

गत शुक्रबार वीरगन्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने जोगिने भएको हो ।

‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीवाट मुक्त गरिए पनि सांसद पदवाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।

काठमाडौंमा अलग्गै केन्द्रीय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमि, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।

तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन्।

यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बिषय जानकारी गराउनका लागि यादव पक्षधर सम्भवतः आजै निर्वाचन आयोग जानेछ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ३१ बजे

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर