६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

इन्जिनियरिङ विधेयक पारित, लाइसेन्स लिन परीक्षा अनिवार्य



काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान छ ।

विधेयकअनुसार डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउनेछन् । यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।

२९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर प्रतिनिधिसभामा आएको थियो । राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरीयतालाई जोडेर आउने गरेका प्रश्नहरूको निरुपण भएर जाने सरकरको अपेक्षा रहेको बताए ।

साथसाथै, सातै प्रदेशमा शाखा कार्यालयहरु खोल्न पाउने अनलाइन मार्फत सेवा प्रदान गर्न सक्ने लगायतका व्यवस्था विधेयकमा रहेको उनले जानकारी दिए ।

प्रतिनिधिसभाबाट पारित यो विधेयक फेरि राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने व्यवस्था सहितको यो विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ३१ बजे

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु